शिक्षण संस्था कार्यक्रम संचालनको सहमती मान्यता संवन्धि व्यवस्था
पुर्वाधारलाई पुष्टायाइ गर्ने निम्न कागजातहरु
- १. कुनै पनि शिक्षण संस्थाले शैक्षिक कार्यक्रम संचालन पूर्व निम्न अनुसारका कागजात सहितको यस परिषदबाट वितरण गरिने दरखास्त फाराम अनुसुचि १ अनुसार भरी पेश गर्नु पर्दछ ।
- क. शिक्षण संस्था दर्ता संबन्धि कागजात
- ख. शिक्षण संस्थाको विनियमावली प्रवन्ध पत्र
- ग. विश्वविद्यालय/ प्रा.शि.तथा व्या.ता.प. प्रतिष्ठानले कार्यक्रम संचालन सम्बन्धनको लागि शिक्षण संस्थालाई दिएको आसय पत्र
- घ. स्नातक वा सो भन्दा माथिका शिक्षण कार्यक्रम सचांलन गर्ने भएमा शिक्षा मन्त्रालयबाट प्रदान गरिने आसय पत्र
- ङ. न्यूनतम पूर्वाधारमा उल्लेख भएको
- च. शिक्षक प्रशिक्षकसंग भएको करारनामा वा नियूक्ति पत्र (शैक्षिक योग्यता, अनुभव पत्र र परिषदको नाम दर्ता प्रमाण पत्र सहित)
- छ. आवश्यक विभिन्न प्रयोगशाला कोठाको क्षेत्रफल, फर्निचर र सरसामान,रसायन,मेशिन उपकरण संबन्धि विवरण
- झ. पुस्तकालय कोठाको क्षेत्रफल, फर्निचर, विषयगत पुस्तक, सन्दर्भ पुस्तक, अखबार, जर्नरल संवन्धि विवरण
- ञ. कम्प्यूटर, इन्टरनेट, इमेल संबन्धि विवरण
- ट. प्रयोगात्मक अभ्यासको लागि उपयोग हुने अस्पताल, स्वास्थ्य संस्था संबन्धि विवरण र ती संस्थासंग भएको करार वा स्वीकृती पत्र ।
- ठ. घरको स्वामित्व संबन्धि कागजात (भाडा लिजमा लिएको भए संझौता पत्र समेत)
- ढ. शिक्षण संस्था संचालनको लागि आवश्यक हुने फर्निचर, औजार, उपकरण,शैक्षिक सामग्री संबन्धि विवरण
- ण. कक्षा कोठाको क्षेत्रफल, फर्निचर संबन्धि विवरण
- त.न्यूनतम मापदण्ड मा उल्लेख भएको अन्य व्यवस्थालाई पुष्ट्याई गर्ने कागजात परिषदले तोकेको निरिक्षण मूल्याङ्कन एवं सहमती दस्तुर बापत बिशिष्ठ, प्रथम, द्वितीय, तृतीय तहमा दर्ता हुने प्रति कार्यक्रम का लागि क्रमशः रु ८०,०००/- र रु ५०,०००/- बैकं दाखिला गरेको सक्कल बैक भौचर ।
- २. माथी उल्लेख भए अनुसारको आवेदन फाराम प्राप्त भएपछि परिषदले संबन्धित विषयको ज्ञाता सहितको निरिक्षण टोली शिक्षण संस्था निरिक्षणको लागि खटाउने छ । उक्त निरिक्षण टोलीलाई निरिक्षणमा सहयोग गर्नु सम्बन्धित शिक्षण संस्थाको कर्तव्य हुनेछ ।
- ३. निरिक्षण टोलीले शिक्षण संस्थाको निरिक्षण पश्चात परिषदमा प्रतिवेदन बुझाउने छ ।
- ४. प्राप्त हुन आएको प्रतिवेदनबाट शिक्षण संस्थाको शैक्षिक कार्यक्रम संचालन गर्न सहमती दिन उपयूक्त देखिएमा परिषदले भर्ना सहमती दिने छ । शैक्षिक कार्यक्रम संचालन गर्न उपयुक्त नभएको प्रतिवेदन प्राप्त हुन आएमा कारण सहित सहमती दिन नसकिएको जानकारी दिइने छ ।
- ५. सुझाव सहितको सहमती दिन सकिने प्रतिवेदन प्राप्त भएमा परिषदले सुधारको सुझाव सहित को सहमती प्रदान गर्न सक्नेछ । त्यसरी दिएको सुझाव कार्यान्वयन गर्नु शिक्षण संस्थाको कर्तव्य हुनेछ ।
- ६. परिषदबाट सहमती नलिई शैक्षिक कार्यक्रम संचालन भएमा त्यस्ता कार्यक्रमबाट उतिर्ण व्यवसायीको नाम परिषदबाट दर्ता हुने छैन ।
- ७. संचालनमा रहि रहेका र दफा (६) र (७) अनुसार सहमती पाएका शिक्षण संस्थाले अनुसुची २ र ३अनुसारको फाराम, परिषदले तोकेको निरिक्षण मूल्याङ्कन शुल्क सहित विद्यार्थी भर्ना भएको ३ महिना भित्र परिषद समक्ष पेश गर्नु पर्नेछ ।
- ८. परिषदले शिक्षण संस्थाबाट संचालन भएको शैक्षिक कार्यक्रमको उपयूक्त समयमा नियमित निरिक्षण गर्ने छ ।
- ९. निरिक्षण टोलीलाई निरिक्षण कार्यमा सहयोग, निरिक्षण निरिक्षण टोलीले दिईएको सुझाव कार्यान्वयन गर्नु शिक्षण संस्थाको कर्तव्य हुनेछ ।
- १०. निरिक्षण क्रममा न्यूनतम मापदण्ड मा उल्लेख भएको व्यवस्था अनुसार कार्यक्रम संचालन भएको नपाइएको प्रतिवेदन प्राप्त हुन आएमा सम्बन्धन दिने, विश्वविद्यालय प्रा.शि.तथा व्या.ता.प. प्रतिष्ठान लाई शैक्षिक कार्यक्रम बन्द गर्न लेखि शिक्षण संस्थालाई सो को जानकारी गराइनेछ ।
- ११. उपरोक्त अनुसारको जानकारी गराइएका शिक्षण संस्थाले पूनः निरिक्षणको लागि सुधारको प्रमाण र शुल्क सहित पुनः अनुरोध गरेमा परिषदबाट निरिक्षण गराई न्यूनतम मापदण्ड मा उल्लेख भएको व्यवस्था अनुसारको तयारी गरेको देखिएमा कार्यक्रम संचालनको निरन्तरताको सहमती दिन सक्नेछ ।
- १२. शैक्षिक कार्यक्रम बन्द गर्न लेखि गएको शिक्षण संस्थाहरुमा अध्ययन गर्ने स्वास्थ्य व्यवसायीहरुको नाम परिषदमा दर्ता हुने छैन ।
- १३. परिषदबाट समय समयमा दिइएको निर्देशन पालना गर्नु शिक्षण संस्थाको कर्तव्य हुनेछ ।
- १४. शिक्षण संस्थाको कार्यक्रम संचालन संबन्धि व्यवस्था उपरोक्त उल्लेख भए अनुसार हुनेछ र यसमा उल्लेख नभएका कुराहरु ने.स्वा.व्य.प.ऐन २०५३,ने.स्वा.व्य.प.नियमावली २०५६ र परिषदको निर्णय अनुसार हुनेछ ।